post

भारतमा भएको लोकसभा चुनावमा भाजपाको ऐतिहासिक जीत , मोदीलाई वधाईको ओइरो

काठमाडौं। भारतमा नरेन्द्र मोदी पुनः प्रधानमन्त्रि हुने पक्का भएको छ । लोकसभा चुनावको जारी मतगणनामा भाजपाको गठबन्धन ३४३ सिटमा अगाडि छ भने लोकसभामा बहुमत ल्याउन २ सय ७२ सिट आवश्यक पर्छ । सन् २०१४ को निर्वाचनमा भाजपा एक्लैले २ सय ८२ सिटमा जित हासिल गरेको थियो । यस पटक त्यस भन्दा पनि बढी सिटमा अग्रता लिएको छ । भाजपाका कार्यकर्ताले जीत सुनिश्चित भएपछि देशभर खुसी मनाइरहेका छन् ।

भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले चुनावी हार स्वीकार गरेका छन् र प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन् । भाजपा नेतृ सुष्मा स्वराज तथा नेपालका प्रधानमन्त्रि के.पि. शर्मा ओलीले पनि प्रधानमन्त्री नरेन्द्र मोदीलाई अग्रीम बधाई दिएका छन् ।

post

बुर्किना फासोमा आतंककारी हमला

अफ्रिकी देश बुर्किना फासोको डब्लो शहरस्थित चर्चमा गोली हानाहान हुदा त्यहॉका पादरी सहित ६ जानाको मृत्यु भएको छ । पछिल्लो ५ हफ्तामा भएको यो तेस्रो बन्दूक हमला हो। यसअघि डोरी कस्बे, केथोलिक चर्च र सिल्गाद्जी शहरको प्रोटेस्टेंन्ट चर्चामा समेत हमला भईसकेको छ।

post

आज बाट जापानमा नयाँ राजा नारुहितो सत्तासिन

जापान, १८ वैशाख – जापानको राजगद्दीमा आजबाट नयाँ राजा नारुहितो आसिन भएका छन् । यसअघिका राजा अकिहितोले स्वच्छाले गद्दी त्यागेपछि उनका छोरा नारुहितोले नयाँ राजाका रूपमा जिम्मेवारी सम्हालेका हुन् ।
आफ्नो बिग्रँदो स्वास्थ्य अवस्थाका कारण ८५ वर्षीय अकिहितोले मंगलबार राजगद्दी त्याग गरेका हुन् । उनी जापानको इतिहासमा दुई सय वर्षयता जीवितै रहँदा राजगद्दी त्याग गर्ने पहिलो राजा बनेका छन् ।
अकिहितोका ५९ वर्षीय छोरा नारुहितोले जापानको १२६औँ राजाका रूपमा बुधबार राजगद्दी सम्हालेका हुन् । योसँगै जापानमा नयाँ युग सुरु भएको मानिएको छ । यो युगलाई रेइवा युगको नाम दिइएको छ ।