काठमाडौं। भारतमा नरेन्द्र मोदी पुनः प्रधानमन्त्रि हुने पक्का भएको छ । लोकसभा चुनावको जारी मतगणनामा भाजपाको गठबन्धन ३४३ सिटमा अगाडि छ भने लोकसभामा बहुमत ल्याउन २ सय ७२ सिट आवश्यक पर्छ । सन् २०१४ को निर्वाचनमा भाजपा एक्लैले २ सय ८२ सिटमा जित हासिल गरेको थियो । यस पटक त्यस भन्दा पनि बढी सिटमा अग्रता लिएको छ । भाजपाका कार्यकर्ताले जीत सुनिश्चित भएपछि देशभर खुसी मनाइरहेका छन् ।

भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले चुनावी हार स्वीकार गरेका छन् र प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन् । भाजपा नेतृ सुष्मा स्वराज तथा नेपालका प्रधानमन्त्रि के.पि. शर्मा ओलीले पनि प्रधानमन्त्री नरेन्द्र मोदीलाई अग्रीम बधाई दिएका छन् ।